२०८२ जेठ २३ बिहीबार

राशिफल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

अविश्वासको प्रस्तावमा मतदान हुनुअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । सोमबार उनीविरुद्दको अविश्वास प्रस्तावमा मतदान हुँदै थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले उनीविरुद्द अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।