प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदबाट विश्वासको मत लिँदै छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
आज दिउँसो १ बजे बस्ने संसद् बैठकको सुरुवातमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।
एमालेको माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेका छन् । उनीहरूले सोमबार ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् जनता समाजवादी पार्टीले पनि मत नदिने संकेत गरिसकेको छ ।
तपाइँको प्रतिक्रीया