आगामी जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तयारी गरेको थियो । परीक्षाको मोडलबारे अबको १५ दिनभित्र निर्णय हुनेछ ।
कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा स्थगित गरिएको र अर्को सूचना चाँडै जारी गरिने बोर्डले जनाएको छ ।
तपाइँको प्रतिक्रीया