२०८२ जेठ २२ बुधबार

राशिफल

निर्माण क्षेत्रमा शुन्य समय लागू गर्न दुई मन्त्रीसँग निर्माण व्यवसायी महासंघको माग

नेपाल निर्माण व्यवसायी महासंघले कोभिड–१९ को दोस्रो लहरले निर्माण उद्योगमा असर पारेको भन्दै आयोजनाहरुको समय थप गर्न माग गरेको छ ।

महासंघको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ र शहरी विकास मन्त्री प्रभु साहलाई छुट्टाछुट्टै भेट गरी निर्माण क्षेत्रमा परेको प्रभाव कम गर्न सञ्चालित आयोजनाहरुको समय थप गरी जारी निषेधाज्ञाभरको समयलाई शुन्य समय मान्न आग्रह गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले निषेधाज्ञाले गर्दा निर्माण उद्योग आक्रान्त भएकाले निर्माण कार्य सबै बन्द गर्दै निर्णय मितिबाट लागु हुने गरी चैत्र देखि कार्तिक मसान्त सम्मको अवधिलाई शुन्य समय (कन्स्ट्रक्शन होलिडे) मानेर सबै आयोजनाहरूको एकमुष्ट एक वर्ष म्याद थप गर्न आग्रह गरेको छ ।