जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । बैशाखभर लकडाउन गरेको अवस्थामा १५ दिन थप गर्नुपर्ने डीसीसीएमसीले निर्णय गरेको हो ।
डीसीसीएमसीले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यक्ता अनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने र काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउन नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर थप निर्णय लिइनेछ । लकडाउनको अवधि यही २९ गते सकिँदैछ ।
तपाइँको प्रतिक्रीया