२०८२ जेठ २७ सोमबार

राशिफल

कांग्रेस सांसदलाई मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न जनमोर्चाको सांसदहरूलाई ह्वीप

राष्ट्रिय जनमोर्चा गण्डकीले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न सांसदहरूलाई ह्वीप लगाएको छ।

संसदीय दलकी सचेतक पियारी थापाले सांसदहरूलाई ह्वीप जारी गरेकी हुन्। ह्वीपमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाका ३१ जना सांसदले नेपालीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई दाबी प्रस्तुत गर्ने भएकाले उक्त पत्रमा हस्ताक्षर गर्न आग्रह गरिएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार राजीनामा दिएपछि प्रदेश सीताकुमारी पौडेलले तीन दिनभित्र बहुमतको सरकार दाबी गर्न आह्वान गरेकी छन्।