२०८२ जेठ २३ बिहीबार

राशिफल

प्रधानमन्त्रीले विश्वासको मत पाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मतको रुपमा ९३ मत पाएका छन् । विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । तर उनले ९३ मतमात्र पाए ।

उनको विपक्षमा १२४ मत परेको थियो । बैठकमा २३२ सांसद उपस्थित थिए । प्रतिनिधिसभामा नेकपा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक र एक स्वतन्त्र सांसद छन् ।