जसपा अध्यक्ष मकन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै आफूहरु नयाँ सरकार निर्माण गर्ने पक्षमा नरहेको बताएका छन्। सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यमा अनुपस्थित भएका उनले नयाँ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत भएको बताएका छन् ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ठाकुरले यस्तो विज्ञप्ति जारी गरेका हुन् ।
उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत बताएका छन्। सोमबार प्रधानमन्त्री ओलीलाई मत नदिई ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षका १५ जनाले ओलीको विपक्षमा मत दिएका थिए।
तपाइँको प्रतिक्रीया