२०८२ जेठ २६ आइतबार

राशिफल

इजरायल र प्यालेस्टाइबीच रकेट हानहानमा

इजरायल र प्यालेस्टाइबीच पछिल्ला केही दिनदेखि बढिरहेको तनाव रकेट हानहानमा पुगेको छ। सोमबार प्यालेस्टाइनी विद्रोही समूहले जेरूसेलमनजिकै रकेट आक्रमण गरेको थियो। जवाफमा इजरायलले हवाई आक्रमण गर्यो ।

सो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । इजरायलको सेनाले गाजाका विद्रोही समूह, रकेट आक्रमणकारी र सैनिक पोष्टहरूमा आक्रमण गरिएको जनाएको छ।

इजरायली सेनाको हवाइ आक्रमण सोमबार रातिसम्म जारी थियो। सेनाले प्यालेस्टाइनीहरूले १५० रकेट प्रहार गरेको र तीमध्ये केहीलाई आकाशमै ध्वस्त पारिएको बताएको छ।