कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएका छन् । राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार गठन गर्नका लागि देउवाले माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका हुन्।
सोमबार संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । त्यसलगत्तै सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छन् ।
नयाँ सरकार गठनका लागि बैशाख ३० गतेसम्मको समय दिइएको छ।
तपाइँको प्रतिक्रीया