काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
त्यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरिएको छ । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रीया