राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि गठबन्धनलाई साथ दिन मानेका छैनन्।
कांग्रेस, माओवादी केन्द्र र जसपाले बहुमतको सरकार बनाउन गरेको कसरतमा थापाले साथ दिन नमानेका हुन् । यद्यपि, उनको पार्टीले गठबन्धका लागि ह्वपी जारी गरेको छ ।
वैशाख २६ गते पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दललेल कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ । बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । गण्डकी प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ गरी ६० सदस्य छन्। जनमोर्चाका २ सांसदले भने हस्ताक्षर गरेका छन् ।
बुधबारसम्म थापाले हस्ताक्षर गरेनन् भने ठूलो दलका नेताका हैसियतले मुख्यमन्त्रीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नै फेरि नियुक्त हुनेछन्।
तपाइँको प्रतिक्रीया