चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार उक्त सिलिन्डर अक्सिजन नेपाल आएको हो ।
जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी अवस्थामा छन् । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर अनुदान दिएको छ ।
तपाइँको प्रतिक्रीया