२०८२ जेठ २२ बुधबार

राशिफल

निफमा ‘आमा खान्डो’ फिल्मले जित्यो उत्कृष्ट अवार्ड

चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा फिल्म ‘आमा खान्डो’ ले उत्कृष्ट अवार्ड पाएको छ ।

डान्डुप छिरिङको निर्देशन रहेको फिल्मले फेस्टिभलमा राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिल्म तथा निर्देशन अवार्ड हात पारेको हो । फिल्मले एक लाख नगद जितेको छ ।

कलाकार तर्फको पुरुष र महिला दुवै अवार्ड ‘लाटकोसेरो’ बाट नविन शिल्पकार र सरिता गिरीले अवार्ड हात पारे ।

फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’, अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले हात पर्यो ।

सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्म मध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशि रहेको बागमती पुरस्कार जितेको छ । नेपालबाट राजेश प्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरिएको छ ।

गत बिहीबार सुरु भएको महोत्सवमा ६६ फिल्म देखाइएको थियो ।