२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माधव नेपाल समूहले अध्यक्ष ओली र जसपाको निर्णय कुर्ने

नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको निर्णयलाई कुर्ने भएको छ । छलफलमा पार्टी अध्यक्ष ओलीको कदम र पहलकदमी हेरेर थप निर्णय लिन नेताहरु सहमत भएका छन् ।

सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी छन् ।

बहुमतको सरकार बन्न १३६ मत चाहिन्छ । काँग्रेससँग ६१, माओवादीसँग ४८ र जसपासँग ३२ सिट छ । तर जसपाको महन्थ ठाकुर पक्षले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माणमा असहमति जनाएको छ ।

त्यसैले काँग्रेसले माधव नेपाल समूहतिर आश गरेको छ । माधव समूहका सांसदरुले राजीनामा दिएमा संसदको संख्या घट्छ र विपक्षीहरुको बहुमत पुग्नसक्छ ।