कोरोना संक्रमणबाट निधन भएका वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा बादल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ता त्यहाँ उपस्थित भएका थिए ।
एमाले पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, उनी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद निर्वाचित भएका थिए । ्
तपाइँको प्रतिक्रीया