काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्। सोह्रखुट्टेको फेवा दर्शन होटलबाट उनीहरु पक्राउ परेका हुन् ।
होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले करिब ११ लाख रुपैयाँ समेत बरामद गरेको छ । उनीहरूसँग क्यासिनोमा खेल्न प्रयोग गरिने क्वइनहरू समेत भेटेको थियो ।
तपाइँको प्रतिक्रीया