२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो

पछिल्लो २४ घन्टामा ९ हजार ३०५ कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख १ हजार ६३४ पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।