गण्डकी प्रदेशमा कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पश गरेका छन् ।
प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखेर उनले आफूलाई कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको उल्लेख गर्दै मुख्यमन्त्री चयन गर्न आग्रह गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ । उनले सांसदको संख्या विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुनेसमेत बताए ।
तपाइँको प्रतिक्रीया