गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेशसभामा दुई वा दुई भन्दा बढी दल मिलेर बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा छ ।
यसअघि बुधबार नै प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै गुरुङलाई मुख्यमन्त्री बनाइएको हो ।
बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ रहेका पोखरेललाई बहुमत पुर्याउन जनमोर्चाका दुई सांसदको सहयोग चाहिन्थ्यो । तर, उनलाई तीनमध्ये एकले मात्र साथ दिए ।
तपाइँको प्रतिक्रीया