२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चिकित्सक संघले भन्यो– राजनीतिक जोडघटाउ स्थगित गरिदिनुहोस्, जनताको जीवन जोगाऔँ

नेपाल चिकित्सक संघले राजनीतिक जोडघटाउ रोकेर कोराना महामारी नियन्त्रणमा लाग्नुपर्ने बताएको छ । अहिलेको अवस्थामा राजनीतिभन्दा जनताको जीवन रक्षा प्राथमिक भएको बताउँदै उसले राजनीतिक नेतृत्व उत्तरदायि हुनुपपर्ने बताएको हो ।
संघ एक विज्ञप्ति जारी गर्दै हिजो आफूहरुले जुनुसुकै बेला भयावह अवस्था आउनुसक्छ, तयारी गरौं भन्दा नसुनेका कारण आम नागरिकले अनाहकमा जीवन गुमाइरहको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने ।’