२०८२ जेठ २१ मङ्गलबार

राशिफल

खुला प्रतिस्पर्धाबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ४ जना डीनसहित १७ पदाधिकारी नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डीनसहित १७ पदाधिकारी नियुक्त गरेको छ । पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

नियुक्त हुनेमा व्यवस्थापन संकायको डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।