२०८२ असार २ सोमबार

राशिफल

नेपाल निवास पुगे ओली पक्षका नेताहरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल निवासमा पुगेका छन्।

विष्णु पौडेललगायत नेताहरू बिहानैदेखि नेपाल निवासमा छलफलमा ब्यस्त छन् । नेपाल पक्षका २८ सांसदले सामूहिक राजीनाम दिने तयारी गरिरहेका बेला ओली पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्मको समय दिइएको छ । कांगेसले नेपाल पक्षका सांसदलाई राजीनमा दिएर बहुमतको सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

यसैबीच ओली पक्षीय नेताहरु छलफलका लागि नेपाल निवासमा पुगेका हुन् । नेपाल पक्षले एमाले र माोवादी केन्दै एक हुनुअघिको हैसियत पार्टीमा कायम गरेर त्यसपछिका सबै निर्णय खारेज हुनुपर्ने माग राखेको छ ।