२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लियो

नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिएको हो ।

पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले नेपाल समूहका नेतालाई कारबाही गरेको थियो । साथै, आजै प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई फोन गरेर भेटवार्ताका लागि बालुवाटार बोलाएका छन् ।