एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएको छ।
यो समूहको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफ्ना माग र एजेण्डा पुरा नभए राजीनामा दिने चेतावनी दिएको छ । यो समूहले पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्दता खोजेको छ ।
यसअघि ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेपछि सहमतिको माहोल बनेको छ ।
तपाइँको प्रतिक्रीया