२०८२ जेठ २१ मङ्गलबार

राशिफल

महन्थ र राजेन्द्रलाई भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतसँगको भेटलगत्तै उनले ४ बजे पदाधिकारी बैठक राखेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको सहकार्यमा सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ। त्यसअघि सरकार गठनका लागि पार्टीहरुबीच तीव्र छलफल चलेको छ ।

जसपा नेतासँगको भेटबारे अहिले केही कुरा बाहिर आएको छैन ।