जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन् । जहाँ १४ जना सांसद रहेको बुझिएको छ ।
दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि राष्ट्रपतिले आजसम्मको समय दिएकी छन् । यसबीच नयाँ सरकार बनाउने गठबन्धनमा सहभागी नहुने बताइरहेका बेला ठाकुरले आफ्ना सांसद भक्तपुर लगेका हुन्।
सांसद अन्तिम समयमा यताउता हुने नेपाली राजनीतिको संस्कार नै छ । यस्तोमा ठाकुरले आफ्नो सांसदलाई आफूसँग राखेर त्यस्तो खेलमा लाग्नबाट रोकेका हुन् ।
तपाइँको प्रतिक्रीया