हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक अब एक हुने भएका छन् । बिहीबार दवैबीच मर्जका लागि सम्झौता भए सँगै दुई ठूला बैंक अब एक हुने भएका हुन् ।
इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्ज सम्झौतामा हस्ताक्षर गरेका छन् । अब नयाँ बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ ।
बैंकले केही कर्मचारी कटौति गर्ने भएको छ । इच्छुक कर्मचारीले निश्चित सेवा सुविधा लिएर अवकाश हुन पाउने व्यवस्थासमेत गरिएको छ ।
मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुनेछन्। सिइओ अशोक राणा हुनेछन्। राणाको कार्यकाल सकिएपछि ज्योति पाण्डे सिइओ हुनेछन्।
तपाइँको प्रतिक्रीया