२०८२ जेठ १९ आइतबार

राशिफल

फेरि केपी ओली नै प्रधानमन्त्री, बाँकी एउटा मात्र विकल्प !

देशको प्रधानमन्त्री फेरि केपी ओली नै हुने लगभग निश्चित भएको छ । नेकपा एमाले माधव कुमार नेपाल पक्षले राजीनामा नदिएको, जसपा महन्थ ठाकुर पक्षले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई साथ नदिएको अवस्था संविधानको धारा ६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री नियुक्त हुने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्मको समय दिएकी छन् । तर, कांग्रेस–माओवादी गठबन्धनले मात्र बहुमत पुग्दैन । नेपाल पक्षले राजीनामा दिएको अवस्थामा बहुमत पुग्ने सम्भावना रहे तापनि सो बाटो पनि बन्द भइसकेको छ ।

आज झन्डै ४ घण्टा लामो छलफलमा ओली र नेपाल सहमति नजिक पुगेको स्रोत बताउँछ । अध्यक्ष ओली र नेपालबीच फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको बताइएको छ ।

अब कांग्रेस–माओवादीले ठाकुरलाई प्रधानमन्त्रीका लागि अघि सारेको अवस्थामा मात्र ओली प्रधानमन्त्री हुने सम्भावना सकिनेछ ।