दोस्रो संक्रमणको लहरमा हामीले काम सुरु गरेको आज छैटौं दिन, पहिलो शव व्यवस्थापनको लागि फोन आउँछ , हामी जान्छौ एकजना संक्रमित महिलाको मृत्यु भएको हुन्छ , स्तिथि कोलाहल हुन्छ , मात्र त्यहाँ छोरा – छोरीको रोदन सुनिन्छ । दिनको सुरुवातमै एक शव , हाट खोला घाटमा दाहा संस्कार गरेर, हामी होम आइशोलेशनमै मृत्यु भएको एक महिलाको शव व्यवस्थापन गर्न पिपल चोक तिर लाग्छौ , त्यहाँको शव लिएर परोपकार घाटमा सम्पूर्ण विधि पूर्वक दाहा संस्कार गर्छौ ।
फेरि बिहानकै नं बाट फोन आउँछ , र फेरि त्यही पहिलो घरमा छोराको पनि मृत्यु भएको खबर हामी पाउँछौ । यो सबै सुनिसक्दा म अातिन्छु , मेरो बोली फुट्दैन । म यो खबर टिमका अन्य साथीहरुलाई सुनाउँछु , हामी सबै जना चुप , निराशाले भरिएको अनुहरलिएर फेरि , त्यही घर , त्यही रोदन मा मिसिदै प्लास्टिकमा शव बेर्न तिर लाग्छौ । हाम्रो दिमागमा हजारौं प्रश्नहरू हुन्छन तर हामी राख्न सक्दैनौ । कसको सामु राख्ने ? कसले दिन्छ जवाफ ? आमाको चिता बलि नसक्दा छोराको लाश छेउकै चिता मा राख्दै हुन्छौ । त्यो मान्छे जसले भर्खरै आफ्नो पत्नी गुमाउनुको वेदना पाएको हुन्छ फेरि उँ सन्तान शोकमा पर्छ।
उहाँलाई हेरेर आज हामी सबै जना रोयौ , थाम्न र त्यो घुटनलाई दबाउन सकेनौं । त्यो पितालाई म के भनेर सान्त्वना देऊ ? के भनेर त्यो अवस्थालाई सामान्य बनाऊ ? म पनि त लाचार थिए , र मैले उहाँ संग आफ्नो नजरपनी जुधाउन सकिरहेको थिन । चाहँदा चाहदै उँ नत श्रीमती बचाउन सक्छ नत छोरा । यो सबै सहन गारो छ , हामीलाई निदाउन मुश्किल हुन थालेको छ । एक फेर त्यो पिताको ठाउँमा उभिएर सोचिदिनुसअवस्था कस्तो छ भनेर? हामीले सोचे भन्दा स्तिथि धेरैनै नाजुक र गम्भीर हुँदैछ ।
हामी १० औंला जोडेर बिन्ती गर्छौ , आग्रह गर्छौं।
हजुरहरुले सोचे जस्तो छैन अवस्था त्यसैले यो संक्रमणलाई खिल्लीमा नउडौं । यो संक्रमणको सिक्री तोड्न , एउटा भएनी बेड ,अक्सिजन ,भेन्टिलेटर बचाउन हामी अनअवास्यक रूपमा बाहिर हिडडुल नगरौ। सुरक्षित रहौं , सम्पूर्ण सुरक्षाको मापदण्ड पालन गरौं । संयम रहौं , सतर्क रहौं । सहयोग , सहकार्य र समन्वयन जारी राखौं ।
आज हाम्रो टिमले बिराटनगर बजारबाट होम आईसोलेशन बसेका एकै घरका आमाछोरा र पिपल चोक बाट एक महिलाको शव सम्पूर्ण सुरक्षा सावधानी अपनाएर पोखरीया परोपकार घाट र हाटखोला घाट स्तिथ सम्पूर्ण विधि सहित , परिवारकै उपस्थितिमा दाहासंस्कार गर्न मदत गरेका छौ । मृत आत्माहरु प्रति हार्दिक श्रद्दान्जली ।
यो कार्यहरू बिराटनगर महानगरपालिकाको सहकार्यमा , ” बरगाछि युवा समूह” ( Covid 19 Disinfection Sanitization Team Biratnagar ) द्वारा महानगर भरिका १-१९ वार्डमा संक्रमितका घर सेनिटाइज गर्ने देखि शव व्यवस्थापन सम्म गर्ने भइरहेको छ।
सेनिटाइज गर्नु परेमा वा समस्यामा पर्नु भएमा निम्न नं. हरुमा सम्पर्क गर्नु होला
रबिन सिंह कार्की – ९८११००७९३२
राम नेपाल – ९८००९४२४६४
संजोग गौतम – ९८१९०२७८९८
बिराटनगर महानगरपालिका लाई विशेष धन्यवाद !!!!
सम्पूर्ण सहयोगी हातहरुलाई हृदय देखिनै नमन् 

घरमै बसौ , सुरक्षित रहौं ।
तपाइँको प्रतिक्रीया