सलमान खान अभिनित ‘राधे’ नेपालका इन्टिरनेट सेवा प्रदायक कम्पनीको टिभी च्यानलबाट हेर्न सकिने भएको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी वल्र्डलिंक र सुबिसु केबलनेट प्रालिले आ–आफ्नो प्लेटफर्ममार्फत फिल्म देखाउने छन् ।
मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एसडी) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ।
त्यस्तै, व्लर्डलिंकको एसटिभी र एपमार्फत पनि यो फिल्म हेर्न सकिनेछ ।
तपाइँको प्रतिक्रीया