२०८२ असार ३ मङ्गलबार

राशिफल

बैंकले अब ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने

निषेधाज्ञा अवधिभर बैंकका शाखाहरुले ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने भएका छन्। बैंकको शाखामा भिडभाड भएपछि राष्ट्र बैंकको अनुमतिमा बैंकर्स संघले सीमित सेवाहरु मात्र दिने निर्णय गरेको हो।

खाताबाट पैसा झिक्ने सेवा दिइए तापनि ५० हजारभन्दा माथिको निक्षेप मात्र जम्मा गर्ने सुविधा दिइनेछ । साथै, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी, अन्तर्राष्ट्रिय ब्यापारसँग सम्बन्धित सेवाबाहेक सबै बैंकिङ सेवा बन्द हुनेछ।