२०८२ असार १२ बिहीबार

राशिफल

प्रधानमन्त्री ओलीले आज शपथ लिँदै, एक महिनाभित्र विश्वासको मत लिनुपर्ने

बिहीबार साँझ प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज शुक्रबार शपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले २७ बैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, दलहरुले बहुमत पुर्याउन नसकेपछि ओली नै प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मध्यावधि चुनाव हुनेछ ।