नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्कन सहमत भएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग गराइदिएपछि माधव कुमार नेपाल पक्षले एमाले माओवादी केन्द्र्रसँग एकता हुनुअघिको अवस्थामा आउनुपर्ने बताएका थिए । यसबीच दुई पक्षबीच आपसी संघर्ष चल्दै आएको थियो ।
तर, बिहीबारको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएका हुन् ।
जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा उल्लेख छ । अबको कार्यदलले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुलाई कसरी समायोजन गर्ने भन्नेबारे निर्णय गर्नेछ ।
तपाइँको प्रतिक्रीया