२०८२ जेठ २६ आइतबार

राशिफल

उपनिर्वाचनमा एमालेका दुई उम्मेदवार– अब के होला ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिनजिक पुगेपछि ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचन रोचक मोडमा पुगेको छ । एमालेकै दुई उम्मेदवार चुनावी मैदानमा रहेका कारण पनि निर्वाचन रोचक बनेको हो ।

अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएका छन् भने नेता नेपालका तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् । देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समर्थन छ ।

देवकोटाले चुनावी मैदानबाट पछि नहट्ने बताएका छन् । त्यसो त देवकोटालाई कुनै लाभको पद दिएर उम्मेदवारी फिर्ता लिन लगाउने बटमलाइनमा छलफल हुने लगभग निश्चित छ । तर, त्यसमा देवकोटा कत्तिको राजी हुन्छन् भन्ने विषय महत्वपूर्ण हुन्छ । नेपाल पक्षका सांसदहरु पनि कसलाई मतदान गर्ने भन्नेमा अन्यौल छन् ।