२०८२ जेठ २२ बुधबार

राशिफल

प्रधानमन्त्रीलाई भेटेर यसो भनेका रहेछन् बाबुराम भट्टराईले

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले राष्ट्रिय सरकार बनाउन भनेको बताएका छन्। उनले सामाजिक संजालमार्फत आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका हुन् ।

एमालेका नेता महेश बस्नेतले भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको अन्तर्वार्ता दिएपछि भट्टराईले त्यसको प्रष्टीकरण दिएका हुन्। भट्टराईले आफूले भेटमा आफूले प्रधानमन्त्री भइसकेकाबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने बताएको भनेका छन् ।