भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण दैनिक ४ लाखभन्दा बढी संक्रमित पुगेको भारतमा पछिल्लो साता सो संख्या घटेको हो ।
मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। जब कि अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो। संक्रमितको संख्या दैनिक ४ लाख नाघेको भारतमा शनिबारसम्म आइपुग्दा ३ लाख ५० हजारमा संक्रमण देखिएको छ ।
भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् ।
तपाइँको प्रतिक्रीया