बढी भाडा लिएको आरोपमा प्रहरीले वीरगञ्जबाट पर्साको बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय कमरुद्दिन रायभर र विन्दवासिनी गाउँपालिका–१ बस्ने २२ वर्षीय विरबल मुखियालाई नियन्त्रणमा लिएको छ ।
साथै, प्रहरीले उनीहरुले चलाउने गरेको ना २ च. ३२५६ र ना ३ च ८१९९ नम्बरको दुईवटा एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बढी भासा लिएको सूचनाको आधारमा उनीहरुलाई वीरगञ्जको नेशनल मेडिकल कलेज बाहिरको सडकबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार एक जनाले काठमाडौंसम्मको भाडा १२ हजार लिनुपर्नेमा ४० हजार लिएको र अर्कोले पर्साको मनवा बजारसम्मको भाडा ३५ सय लिनुपर्नेमा दोब्बर लिएका थिए ।
तपाइँको प्रतिक्रीया