चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डर नेपाल आउँदै छ । अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेको बताइएको छ ।
तातोपानी भन्सारले सामग्री आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी गरेको छ। भन्सारमै ती सामग्री चीनले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री अनुदानमा दिने घोषणा गरेको थियो। यसअघि केही थान सिलिन्डर हवाईमार्गबाट आइसकेको छ भने अब करिब १८ हजार सिलिन्डर स्थलमार्गबाट ल्याइँदैछ ।
तपाइँको प्रतिक्रीया