२०८२ जेठ २० सोमबार

राशिफल

वरिष्ठ निर्देशक तथा साहित्यकार चेतन कार्कीको निधन

वरिष्ठ चलचित्र लेखक, निर्देशक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कोरोना संक्रमित कार्कीको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी एक सातादेखि अस्पतालमा उपचाररत थिए ।

गत १६ गते देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आए पछि अस्पताल भर्ना गरिएको थियो ।

कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायतका चलचित्र निर्देशन गरेका थिए ।