२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जेठ २ मा कसरी फर्कने भन्नेबारे ओली र नेपालबीच छलफल

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो भएको भेटमा जेठ २ मा फकसरी र्कन भन्नेबारे छलफल भएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग गराइदिएपछि माधव कुमार नेपाल पक्षले एमाले माओवादी केन्द्र्रसँग एकता हुनुअघिको अवस्थामा आउनुपर्ने बताएका थिए । यसबीच दुई पक्षबीच आपसी संघर्ष चल्दै आएको थियो । ओली जेठ २ मा फर्कन सहमत भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको हो ।

यसअघि जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा भएको थियो । कार्यदलले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुलाई कसरी समायोजन गर्ने भएकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा ओली र नेपालबीच छलफलभ एको बुझिएको छ ।

नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका छन्।