२०८२ जेठ २२ बुधबार

राशिफल

महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता

जनता समाजवादी पार्टी (जसपा) पार्टी कार्यालय बालकुमारीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ। नयाँ सरकार गठन र केपी शर्मा ओलीलाई समर्थनको विषयलाई लिएर दुई नेताबीच फरक मत रहँदै आएको थियो ।

यादवले नयाँ सरकार गठन गर्न चाहे तापनि ठाकुरले ओलीलाई समर्थन गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । पार्टीमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यादव र नेता राजेन्द्र महतोले ठाकुरलाई समर्थन गर्दै आएका थिए ।

जसपा नेताहरुका अनुसार दुई नेताबीच पार्टीमा उत्पन्न पछिल्लो विवादको विषयमा छलफल हुनेछ ।