पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।
संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १४५ जनाको मृत्यु भएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रीया