केही मिडियामा सांसद गंगा चौधरीले घरमा चिनियाँ अक्सिजन सिलिन्डर लुकाएको भन्दै आएको समाचार भ्रामक भएको बुझिएको छ । उनले एक विञप्ति निकाल्दै चीन सरकारको अनुदानमा आएकामध्ये सात वटा सिलिन्डर आफूले दाङको लागि भनेर स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा त्रिभुवन विमानस्थलबाट दाङ लैजानको लागि ल्याउँदै गर्दा दाङ लैजाने गाडी बाटैमा बिग्रेकोले गाडी बन्ने बेलासम्म भाडामा बस्ने घरमा राखेको बताएकी छन् ।
दाङका लागि थप स्वास्थ्य सामाग्री लिन स्वास्थ्य विभाग टेकु गएको बेला सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही लगायतको टोली प्रहरीसहित आएको र कागजात देखाएपछि उनीहरुको पनि मन रोएर थप ५ थान सिलिन्डर उपलब्ध गराएको उनले बताएकी छन् ।
उनले भनेकी छन्, ‘उहाँहरुले कसले किन ल्याएको भनेर सोधपुछ गर्दै हुनुहुन्थ्यो । त्यसको केही बेरमा म घरमा आए उहाँहरुलाई सबै यथार्थ बताइ कागजी प्रमाणहरुसमेत देखाएपछि उहाँहरुको मन उल्टै दाङका जनतालाई सहयोग गर्छौ हामी पनि भन्ने भो र हामीलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भयो र त्यही प्रतिबद्धता अनुसार ज्ञानेन्द्र शाही र टीमले दाङ भनेर ५ वटा सिलिन्डर उपलब्ध गराउनु भो ।’
साथै उनले चीनबाट आएका ७ वटा सिलिन्डर र ज्ञानेन्द्र शाहीको टिमले दिएका ५ गरी १२ वटामध्ये पिक अप गाडीमा सबै सिलिन्डर नअट्ने भएकोले दुई सिलिन्डर काठमाडौं छोडेर १० वटा लिएर शनिबार राती दाङ पुगेको बताएकी छन् । यहाँ आवश्यक साथै, काठमाडौँमा बाँकी रहेका दुई वटा लिन गाडी जाँदै गरेको उनको भनाइ छ ।
सुनौलो नेपालमा प्रकाशित भिडियोमा उनले भनेको कुरा सत्य सावित हुन्छ । तर, केही मिडिया र अनलाइनले भिडियो काटेर भ्रम फैलाएका थिए ।
तपाइँको प्रतिक्रीया