नेप्से परिसूचक सोमबार २०.७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ । यसअघि आइतबार ५४ अंकले बढेको थियो ।
आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
तपाइँको प्रतिक्रीया