२०८२ जेठ २२ बुधबार

राशिफल

पछि ढकेलियो माथिल्लो तामाकोसीको बिजुली उत्पादन लक्ष्य

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन थाल्ने अवििध पछि धकेलिएको छ । वैशाख मसान्तसम्म उत्पादनको लक्ष्य लिएको आयोजनामा केही कमजोरी भेटिएपछि पछि सरेको जनाइएको छ ।

४५६ मेगावाट क्षमताको आयोजनाबाट वैशाख मसान्तभित्रमा एक युनिटको ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । ६ गते सुरुङमा पानी छाडिएको थियो। तर, पानी छाडिएपछि केही कमजोरी भेटिएपछि उत्पादन पछि सरेको हो ।