सीता प्रोडक्टस् प्रालिले नयाँ अक्सिजन प्लान्ट जेठभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । काठमाडौंको चाल्नाखेलमा दैनिक १७ सय सिलिण्डर भर्न मिल्ने प्लान्ट जेठभित्रै सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
यसका लागि चोभारको चाल्नाखेलमा फाउण्डेसन तयार भइसकेको छ । केही दिनमै प्लान्ट काठमाडौं आइपुग्ने र यो महिनाभित्र नयाँ प्लान्टबाट उत्पादन सुरु हुने कम्पनीको भनाइ छ ।
अक्सिजन बजारमा पठाउन कम्पनीले १७ हजार थान सिलिण्डर खरिद गरिसकेको छ । तर, आउन समय लाग्नेछ । हाल काठमाडौं उपत्यकामा रहेका ८ वटा अक्सिजन प्लान्टबाट दैनिक १० हजार सिलिण्डर भर्न मिल्ने क्षमता छन् ।
तपाइँको प्रतिक्रीया