१. यो जीवन अरुका लागि हो भन्ने सोच
हामीले जहिल्यै आफ्नो जीवन अरुका लागि हो भन्ने धारणा बनाउनुपर्छ । यो जीवन अरुका लागि होइन भने यो जीवन नै होइन । यदि तिमी सय जनालाई खुवाउन सक्दैनौँ त एक जनालाई खुवाउ ।
२. घर गएर आफ्नो परिवारलाई माया गर
शान्ति मुस्कानबाट सुरु हुन्छ । तर, हामीसँग शान्ति छैन, किनभने हामीले हामी एकअर्काका लागि हौँ भन्ने बिर्सियौँ । यदि तिमी साच्ची नै विश्वशान्ति चाहन्छौँ भने घर गएर आफ्नो परिवारलाई माया गर्न सक्छौँ ।
३. आजलाई मनाउन सिक
हामी आज के र कहाँ छौँ ?, हाम्रा अगाडि कस्ता अवसर र चुनौति छन् भन्ने बिर्सिएर हिजो र भोलीमा हराउँछौँ । हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आजलाई मनाउन सक्नुपर्छ ।
४. काम धेरै गर्ने होइन, प्रेमपूर्वक गर
तिमीले गरेको कामलाई सफलताको मापदण्डको रुपमा लिन सकिँदैन । तिमी कति काम गछौँ यो सफलताका लागि महत्वपूर्ण कुरा होइन, तिमी आफ्नो कामलाई कति प्रेमपूर्वक गछौँ यही सफलताको मापदण्ड हो ।
५. कसैका लागि केही बन
तिमी कसैका लागि केही बन्न सक्नुपर्छ । सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो । यदि तिमीले व्यक्तिलाई मुल्यांकन गर्न थाल्यौँ भने उसलाई प्रेम गर्न विर्सन्छौँ ।
तपाइँको प्रतिक्रीया