२०८२ जेठ २१ मङ्गलबार

राशिफल

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न आरजु देउवाको १० लाख सहयोग

कांग्रेस नेतृ आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १० लाख रूपैयाँ सहयोग गरेकी छन् ।

उपमहानगरको अक्सिजन प्लान्ट निर्माण गर्ने योजनामा आरजुले सो सहयोग उपलब्ध गराएकी हुन् । सो क्षेत्रमा हाल अक्सिजन अभाव छ । जसका लागि विभिन्न निाय तथा अस्पतालले सहयोग संकलन गरिरहेको छ ।

यस क्षेत्रमा आरजुको पहलमा चौधरी फाउन्डेसन र उपमहानगर मिलेर अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सुरू भएको हो।