लकडाउनको अवज्ञा गर्दै रेस्टुरेन्ट खोलेपछि बुटवलमा २७ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ । प्रहरीले संचालक र ग्राहक दुवैलाई जरिवाना तिराएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं ९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट खोलेर अनावश्यक भिडभाड गर्ने सञ्चालक र ग्राहकलाई प्रहरीले पक्राउ गरेर जरिवाना तिराएको हो । ग्राहकहरुलाई सम्झाई बुझाई छाडिदिएको छ भने संचालक शेर बहादुर भण्डारी, शम्भु भट्टराई र बारटेण्डर रुकुम मगरलाई नियन्त्रण लिएको थियो ।
संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकेको थियो । जरिवाना बाफतको २७ हजार ३ सय तिरेर उनीहरु रिहा भएका छन् ।
तपाइँको प्रतिक्रीया